एनपीएलबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने क्यानको अनुमान

काठमाडौँ, २९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पर्सि सोमवारदेखि मङ्सिर २७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिए ।

यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ । यो संस्करणमा पुरस्कार रकममा घटबढ भएको छैन । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

एनपीएलको उद्घाटन खेलमा पर्सि साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको

काठमाडौँ, ३१ असोज । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ३० असोज । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज ७१ औँ

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउने बताएका छन् ।  ७१ औँ प्रहरी