पारस खड्का ‘सोमानी सेरामिक्स’ को ब्रान्ड एम्बासडर

काठमाडौँ, २८ कार्तिक । भारतकाे टायल्स र बाथवेयर कम्पनी सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एशियाका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्रान्ड फेसका रूपमा रहने र उनलाई टायल्स, बाथवेयर, एडेशिभ र वाटरप्रुफी लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरूको ब्रान्ड प्रवर्द्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुशी लागेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र