राष्ट्रपति ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर, ‘सटडाउन’ अन्त्य

वासिङ्टन, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन अन्त्य गरेका छन् ।

उनले सन् २०२४ को आफ्नो पुनर्निर्वाचन अभियानको प्रमुख एजेन्डा रहेको सस्तो जीवनयापनको प्रतिबद्धता पनि दोहोर्‍याएका छन् । 

यो सटडाउन ट्रम्पको पहिलो कार्यकालको भन्दा पनि लामो थियो । उनले डेमोक्रेटहरूलाई ‘अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी सटडाउन सिर्जना गरेको’ भन्दै आलोचना गरे। 

ट्रम्पले भने- ‘मेरो हस्ताक्षरसँगै अब सङ्घीय सरकारले सामान्य काम पुनः सुरु गर्नेछ, र मेरो प्रशासन तथा कङ्ग्रेसका हाम्रा साझेदारहरूले जीवनयापनको लागत घटाउन, सार्वजनिक सुरक्षा पुनर्स्थापित गर्न, हाम्रो अर्थतन्त्रको विकास गर्न र अमेरिकालाई सबै अमेरिकीका लागि फेरि सस्तो बनाउन आफ्नो काम जारी राख्नेछन्।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर