चीनमा विद्यार्थीलाई दैनिक दुई घण्टा शारीरिक व्यायाम अनिवार्य

एजेन्सी, २७ कार्तिक । चीनको प्रशासनले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि नयाँ उपायहरूको घोषणा गरेको छ ।

चीनमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका बालबालिकामा पढाइको बोझ कम गर्न र उनीहरूको स्क्रिन टाइम घटाउन दैनिक दुई घण्टा शारीरिक व्यायाम गर्न अनिवार्य गरिने समाचार एजेन्सी रोयटर्सले बताएको छ । 

यी उपायहरूको उद्देश्य बालबालिकालाई तनाव र चिन्तासँग जुध्न मद्दत गर्नु रहेको बताइएको छ । 

शिक्षा मन्त्रालयद्वारा जारी गरिएका यी उपायहरूमा कक्षा कोठामा मोबाइल फोनमाथि प्रतिबन्ध लगाउनु पर्ने पनि समावेश छ ।

नयाँ योजनाअनुसार, विद्यालयहरूले बालबालिकालाई दिइने गृहकार्यलाई कडा रूपमा नियन्त्रण गर्नुपर्नेछ । उनीहरूलाई दैनिक दुई घण्टा शारीरिक व्यायामका लागि समय दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ