जेनजी आन्दोलनबारे ज्योति मगरको ११ बुँदे विश्लेषण

काठमाडौँ, २५ कार्तिक । गायिका ज्योति मगरले ‘जेनजी आन्दोलन’बारे ११ बुँदामा विश्लेषण गरेकी छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जेनजी आन्दोलन’ किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची बनाएकी छन् । 

कारण के

  • टिकटकर जेनजी: मोबाइलमा उपद्रव गरेर पैसा कमाउन।
  • कलाकार जेनजी: युट्युबबाट डलर कमाउन।
  • रास्वपाका जेनजी: रवि लामिछानेलाई जेलबाट निकाल्न।
  • बालेनका जेनजी: प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेनलाई प्रधानमन्त्री बनाउन, चीलमा बस्न र ‘स्वागवाला’ एटिट्युड देखाउन।
  • माओवादीका जेनजी: केपी ओलीलाई हटाएर प्रचण्डलाई देशको बागडोर दिन।
  • कांग्रेसका जेनजी: देउवा हटाएर गगन थापालाई सभापति बनाउन।
  • बार्बारा फाउन्डेसनका जेनजी: सन्दुक रुइतको देवत्वको आडमा देशमा भद्रगोल मच्चाई चीनको विरुद्धमा गएर तिब्बत आजाद गर्न तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अमेरिकालाई फेभर गर्न।
  • मधेस वारि पारिका जेनजी: (प्रचण्ड सरकारमा हुँदा नागरिकता पाएका) “जय नेपाल” भन्दा “जय हिन्द” भन्न सजिलो भएकाले।
  • हुने खाने वर्गका जेनजी: नेताका छोराछोरीको हातको रोलेक्स घडी तथा लक्जरी जीवनशैली आफूलाई पनि चाहिएकाले।
  • एनजिओ र आईएनजीओका जेनजी: देशमा अस्थिरता कायम गरी डलर आर्जन गर्न।
  • राजावादीका जेनजी: राजा फर्काई “आइस्यो गैस्यो”, “राजा साहेब, बाबू साहेब”, “हुकुम बक्स्यो, कृपा बक्स्यो” वाला संस्कार कायम राख्न र हिन्दु राज्य घोषणा गर्न।

तर, उनले अपवादको रूपमा केही युवाहरू पनि रहेको उल्लेख गरेकी छन्, जसलाई देशको चिन्ता थियो, बेथितिविरुद्ध आवाज बुलन्द गर्नु थियो र शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, १ असोज । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा