काठमाडौँ, २५ कार्तिक । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जारी–२’को ‘डाइरेक्टर्स कट’ आजबाट प्रदर्शनमा आएको छ ।
‘डाइरेक्टर्स कट’ सोमबार सेन्सर समेत भइसकेको छ । ‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । ‘डाइरेक्टर्स कट’मा निर्देशकले आफूलाई मन लागेको केही सिन थपेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बालगायतको अभिनय छ ।





