दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब

काठमाडौँ, २३ कार्तिक । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ ।

बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) तीन सय ९१ रहेको थियो । त्यसपछि बढेर दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) छ सय २१ सम्म पुगेको थियो । अहिले केही घटे पनि चार सय ५० भन्दा माथि नै छ । दिल्ली विश्वकै प्रदूषित शहर बनेको छ ।

सरकारलाई प्रदूषण रोक्न आवश्यक पहल गर्न नागरिकले दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन समेत गर्दै आएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीपछि पाकिस्तानको लाहोर वायुको गुणस्तर सूचीको दोस्रो स्थानमा छ ।

लाहोरमा पनि बिहान एक्यूआई तीन सयभन्दा माथि रह्यो । अहिले केही घटेको छ । बढ्दो वायु प्रदूषणले स्वास्थ्यसम्बन्धी जोखिम बढाएको भन्दै विज्ञले मानिसलाई सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कदा मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ