एक्सन फिल्मलाई बन्दुक जरुरी : मिलन चाम्स

काठमाडौँ, २१ कार्तिक । फिल्म निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् ।

एक्सन फिल्मको लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वभाविक नदेखिने बताए ।

उनले भने, ‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिती अहिले छ’ ‘एक्सन फिल्मको लागि बन्दुक जरुरी हो ।’

आफूले संसारलाई गोर्खाली सेनाको कथा सुनाउन चाहेको तर, यसका लागि कसरी हतियार प्रयोग गर्ने भन्ने प्रश्न उनले राखे ।

‘मलाई गोर्खाली आर्मीको कथा भनेर संसारलाई सुनाउन मन छ । विपोनको प्रयोग कसरी गर्ने ?’ उनले मन्त्री खरेलसामु भने, ‘काठको बन्दुक देखाउँदा जुम गर्दा त्यसलाई दर्शकले पत्याउँदैनन् ।’

हतियारको सहजीकरण सम्बन्धी बुँदा नै राखेर बोर्डले विहिबार संचार मन्त्रालयलाई पत्र नै लेखेको छ ।

हतियार लिएर हिँड्दा, सेना-प्रहरीको पोशाक प्रयोग गर्दा पक्राउ परेका, स्पस्टीकरण सोधिएका र निर्माताले हैरानी खेपेका घटना पटक-पटक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध

काठमाडौँ, २ असोज । प्रतिनिधिसभाका सांसद कृष्णहरी बुढाथोकीले बाढीका कारण बेपत्ता नागरिकको मृत्यु दर्ता प्रमाणपत्र सहज रुपमा उपलब्ध गराउन माग

काठमाडौँ, २ असोज । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । बिहीवार

काठमाडौँ, २ असोज । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट