आजबाट हलमा ‘जारी–२’ र ‘मन बिनाको धन’

काठमाडौँ, २१ कार्तिक । आजदेखि हलमा दुई नयाँ नेपाली फिल्म ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् ।

 फ्राइडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म प्रदर्शनमा आएका हुन् । 

उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी–२’ करिब २ सय शो सहित प्रदर्शनमा आएको छ । केही वर्ष अघिको व्यावसायिक सफल फिल्म ‘जारी’को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मको बिहीबार साँझ काठमाडौँमा प्रिमियर भयो । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिले फिल्म जारी भन्दा उत्कृष्ट भन्दा कतिले कमजोर सिक्वेल समेत भने ।

त्यस्तै टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायकको रूपमा भाइरल असोक दर्जीको जीवनकथामा बनेको हो । सुरुमा कम शोज पाएको फिल्म माउथ पब्लिसिटीले शो बढ्ने अपेक्षा गरिएको छ । 

फिल्मको शुक्रबार बिहान प्रेस शो समेत राखिएको छ । फिल्मले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाको रूपमा देखाएछ । फिल्मलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, १ असोज । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा