फिलिपिन्समा आँधीका कारण १ सयबढीको मृत्यु

एजेन्सी, २० कार्तिक । फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको मृत्यु भएको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको ज्यान गएको र ७५ जना अझै बेपत्ता भएका बीबीसीले जनाएको छ । मंगलवार बिहान प्रवेश गरेको आँधीले झन्डै एक सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा र मुसलधारे वर्षा गराएको थियो । घरहरूमा पानी पसेर मानिसहरू छानामा आश्रय लिन बाध्य भएका छन् ।

उद्धारका लागि पठाइएको एक सैन्य हेलिकप्टर समेत दुर्घटना हुँदा चालक दलका ६ जनाको ज्यान गएको छ । फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर