बढ्दो मानव तस्करी : हाम्रो समाज तथा स्थानीय तहनै मौन

सचिन्द्र श्रेष्ठ । ‘ओ भाई अमेरिका जाने हो, अहिले जान सजिलो र छिटो पनि हुन्छ’ बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ । ‘कति छ अमेरिकाको लागतू मिलाएर पठाउलानि, के चिन्ता लिनु पर्यो भाई, यो सम्बाद हो दलाल र संतोषबीचको जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन या सन्देश आउने गर्दछ ।

हो ! यो नेपालदेखि हुने भारत होस् या दक्षिण अफ्रीका, तंज़ानिया, केन्या, किर्गिस्तान होस् जहाँ तहि यो मानव तस्करीको जालो संसार भरी एउटा महामारीको रुपमा फैलिएको छ । सहज जान नसके पछि मानिसहरू अहिले अबैध रुपमा जाने आउने क्रम बढ्दो छ, विशेष गरी युवा यूवतीहरु त झन बढ़ी नै छ अमेरिका जाने यो अहिलेको समयमा । आम मानिसमा बेरोजगारी या अमेरिकामा पाइने सेवा सुविधा, पी आर, ग्रीन कार्ड, सुलभ जीवनयापनको लोभले पनि अमेरिका जाने लहरनै अहिले बढेको छ ।

भारत, थाईलैण्ड, इक्वेटर, कोलंबिया, पनामा हुँदै मेक्सिकोको कठिन बाटो हुँदै अमेरिका पुग्नु त्यति सहज पक्कै पनि छैन । दिन रात नसुति जंगल, समुन्द्रको भोक प्यास छाडी अमेरिका जाने सपनाको चक्करमा केहि महीना पहिले बेनीको एक युवकको ज्यान समेत गएको छ । यसरी यति लामो यात्रामा कति त भोक प्यास साथै समुन्द्रको आधीमा मर्नेको संख्या अनगिनती छ जसको कुनै रेकर्ड नै पाइदैन न त उनिहरुको शब घर नै फिर्ता पठाउन सकिन्छ । अमेरिका जाने कति महिलालाई धमक्यार बलात्कार गरने या आश्वासन दिएर फकाई यौन क्रियाकलाप गर्न प्रेरित गर्ने गरेको जो त्यस्तो महिला बच्चा पेटमा बोकेर यस्तो कठिन यात्रा अनि लाश र पैसाको केहि नसोचि अमेरिका जानेको कमी पक्कै पनि छैन ।

नेपालमा रहेका साहू महाजन भनौ या ठूला ठूला बैंक, सहकारी पनि रोजगार वा नेपालमा नै केहि ब्यवसाय गर्छु भन्दा सहज पैसा दिदैन तर अमेरिका जान्छु भन्यो भने महँगो ब्याज लगाई घर खेत, के के सम्पति छ धितो राखेर पैसा उपलब्ध गराएको पाइन्छ । यस्तो खालको समस्याबाट आम मानिस ग्रसित छन, न गाउँ न सहर कुनै ठाऊ खाली छैन आजकल हरेक घरमा एउटा युवा या युवती भेट्न सकिन्न बूढ़ापाकाले घर सम्हालेको अवस्था छ ।

स्वदेशमै रोजगारीको अवसर नहुँदा मौलाएको मानवतस्करीमा संलग्नहरुलाई गाउ घर समाज र तिनै समाजमा बस्ने मै हुँ भन्नेहरुले पनि देखो नदेखो गर्ने खासै चासो नदिँदा पनि राजनीतिक आडमा यस्ता मानव तस्करहरु दिनहु लाखौं लाखको कारोबार अबैध रुपमा गरिरहेका छन् ।

धौलागिरी क्षेत्रको कुरा गर्ने हो भने कुश्मा बाग्लुङ र म्याग्दी र आसपासमा दिनहु जसो घर घरमै पुगेर अमेरिका लैजान्छु भन्दै पासपोर्ट माग्न हिंड्नेको ठूलै समूह सकृया छ । उचित दण्ड र सजायको कमी एवं पैसा र राजनीतिक संरक्षणले गर्दा सबैलाई थाहा हुँदा पनि स्थानीय स्तरमा त्यस्ता मानव तस्कारहरु खुले आम हिडिरहेका छन् ।

कुश्मा बजारकै कुरा गर्ने हो भने एक घर एक ब्यक्तीनै मानव तस्करको छायामा अबैध बाटो हुँदै अमेरिका र क्यानाडा जस्ता देशमा पुगेको देख्न सकिन्छ । २५-३० लाखमा डिल गरेर पनि अन्तिममा ५-७ छुट्टै असुल्ने, घर परिवार माथि पनि विभिन्न दबाब र झुट्टा आश्वासनले दिनहु सास्ती र ठगी गर्ने त्यस्ता मानवतस्कर बिरुद्द अहिलेसम्म केही ठूलो सजाय र कदम चालेको जस्तो देखिदैन । सबै मौन या बेखबर जस्तो देखिन्छन् ।

मानव अधिकारवादीहरु पनि अबैध बाटो विभिन्न झुट्ट कुरामा पारेर ४०/५० ठगी गर्ने गिरोहले बाटोमा दिने पीडा र दुस्खको बारेमा शायद ज्ञातनै हुनु पर्छ । त्यस विषयमा खासै बोलेको कही देखिदैन ।

यो मानव तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछूत छैन भनेर फरक नपर्ला । केहि समय पहिले राजेन्द्र खड़की जेल परी सकेका छन् भने अर्का निर्देशक सुदर्शन गौतम बिरुद्ध छानबिन चल्दै आएको छ ।

यो खालको प्रमुख जड़मा ठूला बड़ाको आशिर्वाद, पहुचवालाको मनोमानि,राजनितिक र पैसाको खेलले यस्ता क्रियाकलापमा संलग्नको अहिलेसम्म न कुनै कारबाही न कुनै सजायनै भोगेको पाईएको छ । पैसा र पावरको दबदबा रहेको यो हाम्रो समाज आम मानिस पैसा र ठूलो सपना देखने सोचमा हरेक घरले जायज्याथा र ज्यान समेत फाल्नु परेको छ । यो समस्या कहिलेसम्म हाम्रो समाज र देशले भोग्नु पर्ने हो जसको कुनै जवाफ नै छैन न त कुनै प्रहरी, प्रशासनको दम नै १ मुखदर्शक जस्तो भएर बसेको छ सरकार । यसको समस्यामा आम मानिस जब सम्म सुरक्षा, अभियोजन, रोकथाम, भागीदारी जस्ता कार्यको सोच लिएर अगाडि बढ़दैन तब सम्म यो मानव तस्करीको रोग निको हुने वाला छैन ।

पहिले पहिले भारतमा बालबालिका, युवतीहरु नेपालको सिमानाबाट अनगिनती रुपमा यौन धन्दा, डिस्को, रेस्टुरेन्टमा गएर काम गर्नेको कमी थिएन । जसको पुरस्कार स्वरुप एड्स, गनोरिया, यौन रोग लिएर नेपाल फर्कनेको ठूलो जमात नै थियो । जसको बिस्तारै गैरसरकारी तथा सरकारी निकायको गतिलो छानबिनका कारण केहि कम भएको थियो तर अहिले यो अमेरिका जाने मोहका कारण कुनै संख्या कमी आएको छैन । ललाई फकाई अमेरिका जान प्रेरित गरने, ठगी गरी सोझा साझालाई फसाउने क्रम झन झन तिब्र रुपमा बढेको छ ।

सानो लोकल लेबलको दलालदेखि माथिसम्मको ठूलै पहुँचको पैसा र पावरका कारणले ति अबैध अमेरिका पठाउँने दलाललाई प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउन सकेको छैन । स्थानीय दलालहरुले अमेरिका जान लालयित गर्ने र अमेरिका पुगे पछि त्यहीँ पनि दलालीको चक्करमा परी ४० लाख भन्दा बढ़ी रकम असुलि गर्ने देखिन्छ जून हाम्रै समाज छन् । यूरोप तथा अहिले यूएईमा समेत पर्यटक भीसामा नेपालबाट बोलाएर दलालले राम्रो काम दिने सोचमा अलपत्र पारेको देख्न सकिन्छ । यूएईमा विभिन्न कार्यक्रम भए यो बिषयमा तर ठोस कदम कुनै देखिएको छैन । यूएईमा आएर ठगिएका यूवतीहरु डिस्को र यौन धन्दामा फस्नु परेको छ ।

अझै पनि आम मानिस यो मानव तस्करीको जालोमा फसेर पीड़ित भइ सधै बाच्नु भन्दा बेलैमा त्यसको बिरुद्ध आवाज निकालन नसकियो भने यसले ठूलो नेपाली जनधनको क्षति नपुराउला भन्न सकीन्न ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ