अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो विमान दुर्घटना

एजेन्सी, १९ कार्तिक । अमेरिकाको केन्टकी राज्यको लुइसभिल मुहमध अलि अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना भएको छ ।

विमानस्थलबाट उडान भरेको केही मिनेटमै यूपीएस फ्लाईट २९७६ नामक कार्गो विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय समय अनुसार हिजो बेलुका सवा ५ बजे विमान दुर्घटनापछि आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको बीबीसीले जनाएको छ ।

नागरिक उड्यन एजेन्सीका अनुसार विमानले लुइसभिलबाट होनोलुलुका लागि उडान भरेको थियो । विमानमा तीन जना चालकदलका सदस्य रहेको खबरमा उल्लेख छ । तर उनीहरूको अवस्था अहिलेसम्म सार्वजनिक गरिएको छैन । दुर्घटनापछि विमानस्थल वरिपरि ठूलो आगलागी भएको र धुवाँले आकाश ढाकिएको दृश्य स्थानीयबासिन्दाले भिडियोमा खिचेका छन् । जोखिमका कारण विमानस्थलको ५ माइल वरिपरि प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ