फिलिपिन्समा ‘कालमेगी’ आँधीका कारण २६ जनाको मृत्यु

एजेन्सी, १९ कार्तिक । फिलिपिन्समा आएको शक्तिशाली ‘कालमेगी’ नामको आँधीले व्यापक क्षति पुर्याएको छ ।

यो आँधीबाट अहिलेसम्म कम्तीमा २६ जनाको मृत्यु भएको छ भने लाखौंको संख्याका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।

सबैभन्दा बढी क्षति सेबू टापुमा भएको बीबीसीले जनाएको छ । त्यहाँका बस्तीहरु पानीले डुबेका छन् । यसैबिच राहत कार्यमा खटिएको फिलिपिन्स एयर फोर्सको हेलिकप्टर मिन्दानाओ टापुमा दुर्घटना हुँदा ६ जना चालक दलका सदस्यको ज्यान गएको छ । स्थानीय रूपमा यो आँधीलाई ‘टिनो’ भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर