जनार्दन शर्माले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

काठमाडौँ, १८ कार्तिक । नेकपा  (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।

आज  ललितपुरमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन् । पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि देखिएका छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल/समूहबीच पार्टी एकताको सहमति गरिएको छ । शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट