‘मन बिनाको धन’ सेन्सर पास

काठमाडौँ, १८ कार्तिक । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म हेर्दै सोमबार ‘यूनिभर्सल (सबैले हेर्न मिल्ने)’ सर्टिफिकेट दिएको छ । सेन्सरले फिल्मका विषयवस्तु राम्रो भएको भन्दै फिल्मलाई सफलताको शुभकामना समेत दिएको निर्देशक टंक बुढाथोकीले बताए ।  

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

बाटोमा गीत गाउँदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने