ट्रम्पद्वारा नाइजेरियामा आक्रमण गर्ने चेतावनी

एजेन्सी, १६ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नाइजेरियामा सम्भावित सैन्य कारबाहीको लागि तयारी गर्न रक्षा मन्त्रालयलाई आदेश दिएको बताएका छन् ।

नाइजेरियाले क्रिश्चियनहरू विरुद्धको हिंसा रोक्न पर्याप्त काम नगरेको आरोप लागिरहेकै समयमा उनको यो अभिव्यक्ति आएको हो । तर नाइजेरियाले भने यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ ।

 सामाजिक सञ्जाल गरिएको एउटा लामो पोस्टमा ट्रम्पले नाइजेरियामा अमेरिकाले दिँदै आएको सबै सहायता र सहयोग तुरुन्तै बन्द गर्ने लेखेका छन् । पोष्टमा त्यहाँको सरकारलाई छिटो यस मामिलामा कारबाही गर्न चेतावनी दिएका छन् । अमेरिका नाइजेरियामा आक्रमण गरेर त्यहाँ भयानक अत्याचार गरिरहेका इस्लामिक आतंककारीहरूलाई पूर्ण रूपमा मेटाउन सक्ने पनि उनले पोष्टमा लेखेका छन् ।

 २३ करोड भन्दा बढी जनसंख्या भएको नाइजेरियामा क्रिश्चियन र मुस्लिम दुवै कट्टरपन्थी इस्लामवादीहरूको आक्रमणको सिकार भइरहेका छन् । केही  हिंसाका घटना धार्मिक रूपमा प्रेरित छन् र दुवै समूहहरू मारमा परेका छन् । अरू केही हिंसा चाहिँ सीमित स्रोतहरूमा किसान र गोठालाहरू बिचको विवाद, साथै साम्प्रदायिक र जातीय तनावबाट उत्पन्न भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ