सुनसरीका अधिकांश विद्यालय बिदा

सुनसरी, १४ कार्तिक । मोन्था चक्रवातको प्रभावले वर्षा नरोकिएपछि सुनसरीका अधिकांश स्थानीय तहले आजको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

मोन्था चक्रवातको प्रभाव अहिले कोशी र मधेश प्रदेशमा केन्द्रित हुँदा बिहीबार साँझदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुनसरीको इटहरी, इनरुवा, रामधुनी नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । ती स्थानीय तहहरूले विशेष सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको हुन् ।

रातिदेखिको अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवतजावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा शाखा अधिकृत तीर्थ गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई