विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ, १४ कार्तिक । चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको नियमित भेटघाटका क्रममा बिहीबार उनले जी–७ राष्ट्रहरूले बजारमा चीनको प्रभुत्वको सामना गर्न महत्वपूर्ण खनिज उत्पादन गठबन्धनको घोषणा गर्ने रिपोर्टबारे प्रतिक्रिया दिँदै स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेका हुन् ।

प्रवक्ता गुओले भने, ‘चीनले निर्यात नियन्त्रण प्रणालीलाई मानकीकृत र सुधार गर्न कदम चालेको छ। यो अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छ र यसको उद्देश्य विश्व शान्ति र क्षेत्रीय स्थिरता कायम गर्नु र परमाणु अप्रसार र अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नु हो।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ