यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा शुरु

एजेन्सी, २० मंसिर ।  यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता आज बिहीबारबाट स्वीडेनमा शुरु हुँदैछ ।

संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ ।

राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ । राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ ।

स्रोतका अनुसार हुथी बिद्रोहीहरुले साना अन्तर्राष्ट्रिय विमानस्थल खुला गर्न अनुरोध गर्ने अपेक्षा गरिएको छ । सरकारी प्रतिनिधिमण्डल स्रोतका अनुसार राष्ट्रपति अबेड्राब्बो मन्सुर हादीका प्रतिनिधिहरुले विद्रोहीले बिछ्याएका बारुदी सुरुङको विस्तृत नक्सा उपलब्ध गराउन आग्रह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा