काठमाडौँ, १२ कार्तिक । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
३ मिनेट १३ सेकेन्डको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । बालकको रुपमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ ।
चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।
फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । ‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।






