नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश

एजेन्सी, १२ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्।

इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ ।

यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ।

इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो।

नेतान्याहूले हमासमाथि अर्को आरोप पनि लगाएका छन् । त्यो हो, युद्धविराम सम्झौताअनुसार फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरिएको। उनले यो सम्झौतामाथिको स्पष्ट उल्लंघन भएको बताए।

सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शवहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर