विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाले युएईलाई ४ विकेटले हरायो

काठमाडौँ, १२ कार्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो ।

जितका लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका मिलिन्दकुमारले सर्वाधिक ७१ रन तथा कप्तान मोनांक पटेलले ५० रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । उसका हर्षित कौशिकले सर्वाधिक ५३ रन जोडे ।

अमेरिकाले आइतवार भएको खेलमा नेपाललाई १ सय ६ रनले हराएको थियो । अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । नेपाल र युएईबीच भोलि खेल हुनेछ । नेपाल, अमेरिका र युएईबीच अहिले श्रृंखला चलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि