छठ पर्वले समानता र एकताको सन्देश बोकेको छः मुख्यमन्त्री आचार्य

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । उहाँले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा पनि यस पर्वले प्रेरणा दिएको उल्लेख गर्नुभएको हो ।

छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताको पूजा श्रद्धा र आस्थाका साथ विस्तार हुँदै गएको बताउनुभयो ।

उहाँका अनुसार भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र शक्ति दिने समानताको प्रतीक सूर्यदेवप्रति आस्था र श्रद्धा व्यक्त गर्ने यो पर्वले समाजमा आपसी सद्भाव र एकता सुदृढ पार्दै आएको छ । उहाँले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले देशमा देखिएका चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने बताउँदै साझा समझदारी र दृढताको आवश्यकता औँल्याउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य पूरा गर्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव