धनगढी, १० कार्तिक । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरिएको हो । गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार गाउँपालिकामा अध्यक्षस्तरीय निर्णयले यही कार्तिक ११ र १२ तथा कार्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो ।
शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू पनि पुग्ने गर्दछन् ।





