जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध : प्रचण्ड

काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् । 

आज गोरखा सदरमुकाममा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।’

अन्तरिम सरकारबारे आफ्नो धारणा राख्दै प्रचण्डले थपे, ‘केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ । तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधनपछि मात्र संसद् विघटन गर्नुपर्छ भन्ने थियो । जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन् र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल विद्युत प्राधिकारणले सोमबार साँझसम्म २५ वटा उद्योगको लाइन काटिएको जनाएको छ । लाइन नकाट्दा ती उद्योगले

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

काठमाडौँ, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब निक्षेप तान्दैछ ।  निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप

काठमाडौँ, ९ कार्तिक । आज बजारमा सुनको चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११