टिकटकले नेपालमा २४ लाख ७६ हजार भिडियो हटायो 

काठमाडौँ, ९ कार्तिक । टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।

यस रिपोर्टमा २०२५ अप्रिलदेखि जुन (तीन महिना)सम्मको तथ्यांक समेटिएको छ । जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ । जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने टिकटकको विश्वास छ ।

२०२५ को दोस्रो त्रैमासिकमा, टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका लागि नेपालमा कुल २४ लाख ७६ हजार ३४५ भिडियो हटाएको थियो । नेपालमा टिकटकले सक्रियरूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८ प्रतिशत रहेको छ । जसमा ९८.४ प्रतिशत भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए ।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ । जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत  हो । हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए ।

टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ ।

रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६ प्रतिशत भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए । जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लंघन गरेका थिए । थप १४.० प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१ प्रतिशत ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लंघन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव