श्रीमान्‌को हत्या आरोपमा एक महिला पक्राउ

काठमाडौँ, ९ कार्तिक । कैलालीमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३, लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया छिन् ।

श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार राति उनलाई पक्राउ गरिएको हो ।

घरायसी विवादका क्रममा सुनीताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका