काठमाडौँ, ९ कार्तिक । सिन्धुपाल्चोक र कञ्चनपुरमा तास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकमा पक्राउ पर्नेमा जुगल गाउँपालिका–६ का ४२ वर्षीय नन्दराज श्रेष्ठसहित पाँचजना छन् ।
प्रहरीका अनुसार जुगल–६, हाब्रास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको हो ।
नगद ८५ हजार ४५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६, ऐठपुरका ५० वर्षीय दीपक पाठकसहित नौजना छन् । भीमदत्त–१, भासीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद ५५ हजार १५ रुपैयाँ र आठ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।






