ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने

एजेन्सी, ९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् ।

ओन्टारियो प्रान्तले प्रसारण गरेको एउटा विज्ञापनमा अमेरिकामाथि गरिएको आलोचनाप्रति ट्रम्प रिसाएपछि उनले यस्तो कदम चालेका हुन् ।

उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ उद्धृत गरी अमेरिकाको शुल्क नीति आलोचना गरिएको थियो । उक्त विज्ञापन शुक्रबार वर्ल्ड सिरिजको शुक्रबार प्रसारण भएको थियो ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा लेख्दै भने, ‘उनीहरूले विज्ञापन तत्काल हटाउने भनिएको थियो, तर वर्ल्ड सिरिजमा जानाजान चलाए, जुन पूर्ण रूपमा धोका थियो।’

ट्रम्पले उक्त कदमलाई ‘वैमनस्यपूर्ण कार्य’ भन्दै हालको शुल्कमा थप १० प्रतिशत बढाउने चेतावनी दिएका छन् ।

ट्रम्प अहिले एसिया भ्रमणमा छन् जहाँ मलेसियामा हुने आसियान सम्मेलनमा सहभागी हुनेछन् । तर उनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट्ने कुनै योजना नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर