रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग

काठमाडौँ, ९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् ।

एसिया भ्रमणमा निस्किएका ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् । ट्रम्पले भने, “म युक्रेन शान्ति प्रक्रियाको मामिलामा चीनले हामीलाई सहयोग गरोस् भन्ने चाहन्छु ।”

यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो । यसबीचमा अमेरिकाले युक्रेनलाई टमहक क्रुज मिसाइल दिन अस्वीकार गरेको थियो । जबकि, युरोपेली संघका नेताले रुसको रोक्का सम्पत्तिबाट युक्रेनको रक्षाका निम्ति कोष जारी गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव