कोलम्बियाका वामपन्थी राष्ट्रपति पेट्रोमाथि अमेरिकाद्वारा प्रतिबन्ध

वासिङ्टन, ८ कार्तिक । अमेरिकाले लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ। 

प्रतिबन्धहरू कोलम्बियाका आन्तरिक मामिला मन्त्री आर्मान्डो बेनेडेट्टीका साथै राष्ट्रपति पेट्रोकी शुक्रबार जारी गरिएको एक छुट्टै विज्ञप्तिमा, विदेश विभागले कोलम्बियाको लागुऔषध नियन्त्रण प्रयासलाई प्रमाणित नगर्ने पनि बताएको छ। पत्नी र जेठा छोरामाथि पनि लगाइएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै भने, ‘राष्ट्रपति पेट्रोले लागुऔषध कार्टेलहरूलाई फस्टाउन दिए र यो गतिविधि रोक्न अस्वीकार गरे ।’

यता राष्ट्रपति पेट्रोले भने यी आरोपहरूको खण्डन गरे। एक्समा एक पोस्ट गर्दै उनले आफू दशकौँदेखि लागुऔषध तस्करीविरुद्ध लडिरहेको र अमेरिकालाई कोकिनको उपभोग कम गर्न सहयोग गरेको दाबी गरे। उनले लेखे, ‘यो पूर्ण विरोधाभास हो — तर एक कदम पनि पछि हट्ने छैन, र कहिल्यै घुँडा टेक्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर