थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको निधन

बैङ्कक, ८ कार्तिक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ ।थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९:२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

राजदरबारले सन् २०१९ देखि अस्पतालमा रहेकी सिरिकितलाई यो महिना रगत संक्रमणसहित धेरै रोगहरूले सताएको जनाएको छ । महारानी सिरिकितले ६ दशकभन्दा बढी समयसम्म थाइल्यान्डका सबैभन्दा लामो समयसम्म शासन गर्ने राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन्, जसको निधन सन् २०१६ मा भएको थियो ।

राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टि आयोजना गर्न आदेश दिएका छन् । दरबारका अनुसार महारानी सिरिकितको पार्थिव शरीरलाई बैङ्ककको ग्रान्ड प्यालेसको दुसित थोर्न हलमा राखिनेछ । थाइल्यान्डको शाही परिवारका सदस्यहरूले एक वर्षसम्म शोक मनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका

धनगढी, १० कार्तिक । कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।  घरायसी विवादका क्रममा ३५