जापानले पायो पहिलो महिला प्रधानमन्त्री

एजेन्सी, ४ कार्तिक । जापानकी सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।

संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको बीबीसीले जनाएको छ ।

तल्लो सदनका सांसदले ताकाइचीलाई जापानको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्दा उनले २३७ मत प्राप्त गरिन् । यो संख्या सामान्य बहुमतका निम्ति आवश्यकभन्दा बढी हो ।

बेलायती दिवंगत पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक ६४ वर्षीया यी रूढिवादी नेत्रीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ । प्रधानमन्त्री बन्ने उनको यो तेस्रो प्रयास हो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका