इजरायलले गाजामा युद्धविराम र सहायता पुनः शुरू गर्ने

एजेन्सी, ३ कार्तिक । इजरायली सेना (आईडीएफ) ले गाजामा युद्धविराम र सहायता पुनः शुरू गर्ने बताएको छ । आईडीएफले हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा हवाई आक्रमण गरेको थियो ।

आईडीएफले रफाहमा रहेका आफ्ना सैनिकहरूलाई ‘आतङ्ककारीहरू’ ले आक्रमण गरेको, ट्याङ्क विरोधी मिसाइल प्रहार गरेको र गोली चलाएको बताएको छ । आक्रमणमा दुई सैनिकको ज्यान गएको छ ।

यसैबीच हमासले इजरायल नियन्त्रित क्षेत्रमा झडपका बारेमा कुनै जानकारी नभएको बताएको बीबीसीले जनाएकाे छ । आफूहरू युद्धविरामप्रति प्रतिबद्ध रहेको हमासकाे भनाइ छ ।

हिजो बेलुका इजरायली सेनाले गाजाभरि हमासको लक्ष्यमा आक्रमण गरेको बताएको छ । इजरायली आक्रमणमा ४४ जनाको ज्यान गएको अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविराम अझै पनि कायम रहेको बताउनुभएको छ । एअर फोर्स वान विमानमा चढ्ने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले युद्धविराम उल्लङ्घनमा हमास नेतृत्व संलग्न नभएको उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ