काठमाडौँ, ३ असोज । चलचित्र ‘आ बाट आमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । लक्ष्मीपूजाको विशेष अवसर पारेर निर्माण टिमले आगामी माघ १६ गतेदेखि चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुन्द्रामा देखिएका छन् । जहाँ सन्तानको खुसीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ ।
फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायत रहेका छन् ।





