बङ्गलादेशको राजधानी ढाका रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

एजेन्सी, २ कार्तिक । बङ्गलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा हिजो ठूलो आगलागी भएपछि सबै उडान अवरूद्ध भएकोमा सञ्चालनमा आएका छन् ।  विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा केहि समय अवरुद्ध बनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो शुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको थियो ।

बङ्लादेशको ‘द डेली स्टार’ पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै कतिपय उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको उल्लेख गरेको छ । स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोट लागेपछि अस्पताल लगिएको बताउनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ