बालिकालाई स्वःआत्मरक्षा तरिका सिकाउँदै नगरपालिका

भक्तपुर, १९ मङ्सिर । बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सिप प्रदान गरेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा सूर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सिप प्रदान गरिएको हो ।

नगरपालिकाले आफ्नो १० बटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरि वडाका अन्य बालिकाहरुलाई पनि त्यो सिप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।

प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताउनुभयो ।

सम्मेलन कार्यक्रममा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सम्मेलनले घोषणापत्र समेत जारी गरेकाले त्यसका प्रभावकारी कार्यान्वयन हुन सके बालिका योन हिंसा न्युनिकरण र अन्य हुनसक्ने बताउनुभयो । अध्यक्ष बजगाईले बालबालिकाहरुको क्षेत्रमा राष्ट्रिय अन्र्तराष्ट्रिय संघसंस्थाहरुले विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको भएपनि त्यसले अझै परिणाममूखि नतिजा हासिल गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको अवस्थामा सरकारले महिला, बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

सूर्यविनायक नगरस्तरिय बाल कल्याण समितिका संयोजक दिपक बिशुंंकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगर बाल कल्याण समितिका सचिव दिपेश विशुंके, युवाका साथ साथ आवाज नेपालका अध्यक्ष राजेश घिमिरे, सचिव श्रीकृष्णजंग थापालगायतले बालिका सक्षम हुन सकेमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभयो ।

बालिका सम्मेलनले ९ बुँदे घोषणापत्र एवम् प्रतिबद्धतापत्र पनि जारी गरेको छ । प्रतिबद्धतापत्रमा नगर क्षेत्रका बालिका तथा किशोरीहरुमा हुने सबै प्रकारका यौनजन्य दुव्र्यवहार, हिंसा एवम् विभेद सामाजिक कुसंस्कार र हानीकारक मान्यता भएकाले यस्तो कार्यको नियमन, नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ । साथै महिला, किशोरी र बालिकामैली नगरपालिका निर्माण गर्ने नीति समेत नगरपालिकाले अंगिकार गरेको जनाएको छ । सम्मेलनमा ११० बालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री