आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने २० टिमको टुंगो लाग्यो

काठमाडौँ, ३१ असोज । श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट, २०२६ खेल्ने २० टिमको टुंगो लागेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले विश्वकपको निम्ति छनोट भएका २० राष्ट्रको नाम सार्वजनिक गरेको हो ।

आईसीसीका अनुसार आयोजक भारत, श्रीलंकासँगै सन् २०२४ मा सम्पन्न क्रिकेट विश्वकपका उत्कृष्ट सात टोलीका रूपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज छन् ।

त्यसैगरी, आईसीसी टी–२० वरीयताको आधारमा विश्वकप प्रवेश गर्ने टोलीमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छन् । अमेरिकी छनोटअन्तर्गत क्यानडाले विश्वकपमा स्थान बनाएको छ ।

युरोपियन क्षेत्रीय छनोटबाट इटाली र नेदरल्यान्ड छन् । नामिबिया र जिम्बावेले अफ्रिकी क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेका छन् । एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपको टिकट काटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र