टेलर स्विफ्टद्वारा बिलबोर्डको सबै सूची कब्जा

काठमाडौँ, ३१ असोज । टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।

चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो ।

बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गर्‍यो जसमध्ये १.३ मिलियन एल्बमको भिनिल प्रतिलिपिहरू थिए ।

स्विफ्टले एल्बम बिक्रीमा पपस्टार एडेललाई पनि उछिनेकी छन् । सन् २०१५ मा एडेलको एल्बमले ३.४८२ मिलियन युनिटको पहिलो हप्ताको बिक्री रेकर्ड राखेको थियो । ‘द लाइफ अफ अ शोगर्ल’ अमेरिकामा एकै हप्तामा ४० लाख युनिटभन्दा बढी युनिट कमाउने इतिहासको पहिलो एल्बम हो ।

‘मसँग ४० लाख धन्यवाद र पहिले भन्दा बढी गर्व गर्न सक्ने ४ लाख कारण छन्’ स्विफ्टले इन्स्टाग्राममा लेखिन् “फिल्म थिएटरमा यो प्रोजेक्ट मनाउन निस्कनु भएकोमा, भिनिलमा लगानी गर्नु भएकोमा, स्ट्रिमिङ गर्नु भएकोमा, भिडियो हेर्नु भएकोमा, सीडीहरू किन्नुभएकोमा, प्याकेजिङ भित्र मैले लेखेका कविता पढ्नु भएकोमा र द लाइफ अफ अ शोगर्ल भित्र आफूलाई डुबाउनु भएकोमा धन्यवाद । म यो भावनालाई सधैंभरि कदर गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने