धादिङ, २८ असोज । खेलकुद र पर्यटन हाम्रो पहिचान : खेलकुद विकास र समृद्धिको अभियान भन्ने नाराका साथ १२ औं अनकन्या कप – २०८२ आयोजना हुँदै छ ।
लगनशील युवा क्लबको आयोजनामा ज्वालामुखी–७ धारापानीमा आगामी कार्तिक ३ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने उक्त फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विजेता टोलीले १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँसहित मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ, र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
टीम दर्ताको लागि कार्तिक १ गते १ बजेसम्म गर्न सकिने तथा दर्ता शुल्क रु १० हजार रहेको समाजसेवी बाबु छत्कुलीले जानकारी दिनुभयो । आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने संघसंस्थालाई समयमा नै दर्ता गराउनुहुन आग्रह गरेको छ । कार्यक्रमको बारे थप जानकारीका लागि खेलसम्बन्धी सम्पर्कका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा र कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिने छ । हालसम्म १४ टीमले दर्ता गराई सकेको समाजसेवी छत्कुलीले जानकारी गराउनुभयो । त्यस्तै प्रतियोगिताको लागि खेलप्रेमी महानुभवहरुले आर्थिक तथा विभिन्न प्रकारका सामग्रीहरुको सहयोग गरिरहनुभएको बताइएको छ ।