३ करोडसम्मको जग्गा कारोबार गर्न दर्ता हुनु नपर्ने

काठमाडौँ, २८ असोज । सरकारले ३ करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ ।

सरकारले मालपोत ऐन कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्दै मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको छ । सोही ऐनले जग्गा खरिद बिक्री हुँदाको सीमासमेत तोकिने उल्लेख छ । मालपोत ऐनको दफा २६ ‘क’ र २६ ‘ख’ को व्यवस्था थप स्पष्ट पार्दै घरजग्गा कारोबार सहज बनाएको हो ।

सरकारले तोकिएको अधिकारीका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई तोकेको छ । त्यसैगरी राजपत्र अनुसार घरजग्गा कारोबार सीमा एक पटकमा ३ करोडभन्दा धेरैको कारोबार गर्न कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसभन्दा कमको कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धादिङ, २८ असोज । खेलकुद र पर्यटन हाम्रो पहिचान : खेलकुद विकास र समृद्धिको अभियान भन्ने नाराका साथ १२ औं

काठमाडौँ, २८ असोज । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ ।

काठमाडौँ, २६ असोज । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ

काठमाडौँ, २५ असाेज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ