गाजा सहरमा हमास र सशस्त्र समूहबीचको झडपमा कम्तीमा २७ जनाको मृत्यु

गाजा, २७ असोज । गाजा सहरमा हमासका सुरक्षा बल र दुघमुश परिवारका सशस्त्र सदस्यहरूबीच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । इजरायली सैन्य कारबाही समाप्त भएपछि गाजाभित्र भएको यो सबैभन्दा हिंसक आन्तरिक झडप हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार, सहरको जोर्डन अस्पताल नजिकै मास्क लगाएका हमासका बन्दुकधारीहरूले सशस्त्र समूहका सदस्यहरूसँग गोली हानाहान गरेका थिए । हमास नियन्त्रित आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा युनिटले उनीहरूलाई घेरेर नियन्त्रणमा लिन ठुलो झडप भएको बताए । 

मन्त्रालयले ‘एक मिलिसियाको सशस्त्र आक्रमण’ मा आफ्ना आठ सदस्य मारिएको जानकारी दियो । चिकित्सा स्रोतहरूका अनुसार शनिबारदेखि सुरु भएको लडाइँमा दुघमुश परिवारका १९ सदस्य र आठ हमास लडाकु मारिएका छन् ।

झडप गाजा सहरको तेल अल-हावा क्षेत्रमा भएको थियो । एक बासिन्दाले भने, ‘यसपटक मानिसहरू इजरायली आक्रमणबाट भागिरहेका थिएनन् । उनीहरू आफ्नै मानिसबाट भागिरहेका थिए ।’

गाजाको प्रमुख मध्येको एक दुघमुश परिवारको हमाससँगको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । हमासले आफ्नो फौजले कानुन र व्यवस्था पुनर्स्थापित गर्न खोजिरहेको बतायो ।

दुवै पक्षले झडप सुरु गराएकोमा एक-अर्कालाई दोष लगाएका छन् । हमासले दुघमुश समूहले आफ्ना दुई लडाकु मारेपछि कारबाही सुरु गरेको बतायो । तर, दुघमुश परिवारका एक स्रोतले हमासले अस्पताललाई आफ्नो नयाँ अड्डा बनाउनका लागि परिवारलाई जबरजस्ती बाहिर निकाल्न खोजेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ