पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा झडप

एजेन्सी, २६ असोज । पाकिस्तान–अफगानिस्तान सीमामा शनिबार राति भीषण झडप भएको छ ।

यो साता काबुलमा गरिएको पाकिस्तानी हवाई हमलापछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गर्दा तनाव तीव्र बनेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै गार्डियन न्युजले जनाएको छ ।

विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि सशस्त्र जवाफी कारबाही सुरु गरिएको बताएका छन् ।उनीहरूले दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी गरेका छन् ।

पाकिस्तानी सुरक्षा अधिकारीले धेरै सीमा क्षेत्रमा झडप भएको स्वीकार गर्दै बलपूर्वक जवाफ दिइरहेको बताएका छन् ।

एक पाकिस्तानी सरकारी अधिकारीले द गार्डियनसँग भने, “आज राति तालिबान सेनाले धेरै सीमा पोस्टहरूमा गोलाबारी सुरु गर्‍यो । हामीले सीमाका चार स्थानमा अर्टिलरी प्रयोग गरी जवाफ दिएका छौँ ।”

ती अधिकारीले थपे, “हामी आफ्नो क्षेत्रभित्र अफगान तालिबानको कुनै पनि आक्रमण सहने छैनौँ । पाकिस्तानी सेनाले भारी गोलाबारीसहित जवाफ दियो र धेरै अफगान सीमा चौकीहरूलाई प्रभावकारी रूपमा लक्षित गर्‍यो ।”

उनका अनुसार, जवाफी हमलामा पाकिस्तानी सेनाले आर्टिलरी, ट्यांक तथा हल्का र भारी दुवै प्रकारका हतियार प्रयोग गरेको थियो ।

गएको बिहीबार अफगान राजधानी काबुल र दक्षिण–पूर्वी अफगानिस्तानमा थप दुई विस्फोटका खबर सार्वजनिक भएको थियो । त्यसपछि तालिबान सञ्चालित रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको पाकिस्तानमाथि आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको

काठमाडौँ, १९ असोज । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संकटका समयमा समेत न्यायपालिकाको कार्यसम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अपरिहार्य रहेको बताएका

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई