बनेपा फिल्म स्टुडियोलाई ३ करोड अनुदान

काठमाडौँ, २५ असोज । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ ।

सञ्चार तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।

नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्मातालाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजनाको रुपमा बोर्डले उक्त स्टुडियोलाई लिएको छ । यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट-प्रोडक्सन सुविधा हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने