इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गर्नुभएको छ । उहाँले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन । इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।

अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् । दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयकाे ज्यान थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो ।

त्यसपछि इजरायले गाजामा आक्रमण तिब्र पारेको हो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार एक सय ८३ जनाको ज्यान गएको छ, जसमा २० हजार एक सय ७९ बालबालिका पनि छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२

काठमाडौँ, २१ असोज । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, २० असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा