दश वर्षमा समाजवादको आधार निर्माण : अध्यक्ष प्रचण्ड

बुटवल, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चालु दशवर्षमा समाजवादको आधार निर्माण भइसक्ने बताउनुभएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघले वाणगंगामा आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी दस वर्षभित्रमा नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न र जनताले प्रत्यक्ष रुपमा अनुभुत गर्न सकिने बताउनुभएको छ ।

समाजवादको आधारको रुपमा ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्व पश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू दश वर्षमा सम्पन्न हुने गतिमा सरकार अघि बढेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले चीनसँगका ४ वटा बन्दरगाहसम्मको पहुँचले अब नेपालमा सहज विकास हुने बताउनुभयो । अध्यक्ष दाहालले अब नेपाल जमिनले घेरिएको भूपरिवेष्ठित देशको रुपमा होइन समुन्द्रसँग जमिनबाट जोडिएको देशको रुपमा परिचित हुने समेत बताउनुभयो ।

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठहरुलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका