‘अभिमन्यु’को प्रदर्शन मिति पुनः हेरफेर

काठमाडौँ, १९ असोज । चलचित्र ‘अभिमन्यु’ प्रदर्शन मिति पुनः सरेको छ ।

देशको पछिल्लो विपद्को अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले कात्तिक २१ गतेबाट चलचित्र प्रदर्शनमा ल्याउने निर्णय गरेको छ । 

“सबैको सल्लाह र जनभावनाअनुसार अब अभिमन्यु अब कात्तिक २१ मा प्रदर्शन हुनेछ,” निर्माता पौडेलले भने । यसअघि यो चलचित्र असोज २४ गतेदेखि प्रदर्शनमा आउने तय थियो ।  

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने