“समृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा पूरा गर्ने प्रेरणा मिलोस्: मुख्यमन्त्री कार्की

विराटनगर, १६ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज टीकाको शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताले आत्मसात गर्दै आएको पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभएको छ।

“विजयादशमीले दुष्टतामाथि सद्भाव र सत्यको विजयको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न सबै नेपालीलाई नयाँ उमंग र उर्जा प्रदान गर्ने अपेक्षा गर्नुभएको छ।

कार्कीले हालको राजनीतिक चुनौती, संवैधानिक मार्गदर्शन र सामाजिक विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले कोशी प्रदेश सरकार मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको चर्चा गर्दै यस्ता पर्वले हामीबीचको भाइचारा र एकता बढाउने उल्लेख गर्नुभएको छ।

दशैंले नयाँ उमंग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाई सबै नेपालीमा आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्ने मुख्यमन्त्री कार्कीको शुभकामनामा बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर