अफगानिस्तानमा बन्द भयो इन्टरनेट: देशभर टेलिकम सेवाहरू ठप्प

काबुल, १४ असोज । तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गरेको छ ।

इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको रिपोर्ट अनुसार देश हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउटको अवस्थामा छ । राजधानी काबुलमा रहेको आफ्नो कार्यालयसँग सम्पर्क विच्छेद भएको एएफपीलगायत अन्तरराष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । केही हप्ताअघि अनैतिकता रोक्ने नाममा फाइबर–अप्टिक इन्टरनेट जडानहरू काट्न थालिएको थियो ।

मोबाइल फोन सेवाहरू पनि ठप्प भएको बताइएको छ । अफगानिस्तानमा मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी पनि गम्भीर रूपमा प्रभावित छन् । २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामिक शरिया कानुनअनुसार धेरै प्रतिबन्धहरू लगाएको छ ।

काबुल विमानस्थलमा उडानमा पनि अवरोध उत्पन्न भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । मंगलबार बिहान काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने वा त्यहाँबाट हुने भनिएको कम्तीमा आठ वटा उडान रद्द भएको फ्लाइटराडर २४ ले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको