धादिङ, १३ असोज । लगनशील युवा क्लबको आयोजनामा असोज १८ देखि २१ गतेसम्म सञ्चालन हुने १२औं अनकन्या कप – २०८२ को ट्रफी सार्वजनिक गरिएको छ ।
अनकन्यमन्दिर परिसरमा आज आयोजित एक कार्यक्रमका बीच ट्रफी सार्वजनिक गरिएको समाजसेवी बाबु छत्कुलीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टोलीले १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँसहित मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ, र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

क्लबले ट्रफी सार्वजनिक गर्दै, प्रतियोगितामा सहभागिताका लागि टोली दर्ता असोज १६ गतेसम्म खुला रहने जानकारी दिएको छ । थप जानकारीका लागि खेल सम्बन्धी सम्पर्कका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा र कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिनेछ, आयोजक लगनशिल युवा क्लबले जनाएको छ । गत वर्ष सम्पन्न ११ औं अनकन्या कप टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएको थियो ।





